clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
माथिबाट आएको ठुलो ढुङ्गा लागेर पुल भत्कायो
रुपलाल वोहोरा
   डोल्पा(दुनै), १२ असोज – त्रिपुरासुन्दरी नगरपालिकाको सिउडेनी क्षेत्रमा रहेको झोलुङ्गे पुल माथि भिरबाट आएको ठुलो ढुङ्गा लागेर पुलको लट्ठा छिनिएर क्षति भएको छ । 
   भिरालो जमिन डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४ मा पर्ने सिउडेनीमा रहेको भेरीनदि माथिको झोलुङ्गे पुल ढुङ्गा लागेर पुलको लट्ठा काटिएको छ । पुलको लट्ठा काटिए पछि पुल झुण्डिएको अवस्थामा रहेको छ । 
   माथिबाट आएको ठुलो ढुङ्गा लागेर झोलुङ्गे पुलको सिउडेनी तर्फका लट्ठाहरु, अड्याउने स्ट्याण्डहरु सबै क्षति भएको छ । ढुङ्गाले पुल क्षेति भई भत्के पछि यो बाटो भएर आवत जावत गर्न निकै समस्या भएको स्थानीय रुपलाल वोहोराले बताए । उनका अनुसार त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४ रंगका स्थानीयहरु सिउडेनीमा बसेर व्यापार गर्ने गर्दछन् । उनीहरु यही पुल भएर वारिपारि गर्ने नजिकको एक मात्र पुल हो । यो पुल ढुङ्गाले भत्के पछि उनीहरुलाई निकै समस्या भएको छ । अब उनीहरुलाई ४ घण्टा हिडेर त्रिपुराकोट हुंदै आफ्नो घर रंग जानु पर्ने भएको छ ।
   फलामे वा झोलुङ्गे पुल माथिको भिरबाट आएको ठुलो ढुङ्ला लागेर पुल भत्के पछि तत्काल मर्मतको संभावना नभएको र नदिमा केही पानी घटेपछि काठको फट्को हालेर वारपार गर्न सकिने भए पनि हाल भने निकै समस्या भएको स्थानीयहरुले बताएका छन् । 
   ढुङ्गाले झोलुङ्गे पुल भत्काएको डोल्पामा पहिलो भएको अनुभव सुनाउदै त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा भन्छन् सिउडेनी तर्फ पुलको भाग एउटा लट्ठा बाहेक सबै छिनिएकाले मर्मत गर्न सकिने अवस्था रहेका कारण नयां बनाउन पहल गर्ने त्यतिन्जेल र नगरपालिका आफैले तत्काल काठे पुल निर्माण गरेर समस्या समाधान गर्न लागि हाल्ने बताएका छन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?