clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
कर्मचारी नहुंदा शिक्षाको काम हुन सकेन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ११ असोज – शिक्षका कर्मचारी नभए पछि डोल्पाका स्थानीय तहहरुमा शिक्षाको काम गर्न निकै कठिन भएको मात्र होइन कामै गर्न नसकिएको जनप्रतिनिधिहरुले बताएका छन् । 
   शिक्षा विकास तथा समन्वय इकाइले शिक्षा हेर्नका लागि ठुलीभेरी नगरपालिकामा हालसम्म कुनै पनि कर्मचारी नपठाएकाले शिक्षाका कुनै पनि काम गर्न नसकिएको ठुलीभेरी नगरपालिकाको शिक्षा विभाग संयोजक विरमल भण्डारीले बताए । 
   शिक्षा शाखामा काम गर्ने कर्मचारी नहुंदा शिक्ष्ाँका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्न तर्फ अगाडि बढ्नै नसकिएको वडा नं. ९ का वडा अध्यक्ष समेत रहेका भण्डारीले जानकारी दिए । उनले थपे हामी जनप्रतिनिधिले काम गर्न गराउन मिल्दैन कार्यक्रम कार्यान्वयन गर्ने कर्मचारीहरु एउटा पनि छैन कसरी काम सम्पन्न गर्ने हामीलाई निकै समस्या परेको छ । 
   नेपाल सरकारले तोकेको कर्मचारी दरवन्दी अनुसार ८ स्थानीय तहहरुमा २ उपसचिव, ८ विद्यालय निरिक्षक, ८ प्राविधिक सहायक रहेको छ । जस मध्ये २ वटा नगरपालिका ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा उपसचिव र विद्यालय निरिक्षक र प्राविधिक सहायक कुनै पनि छैनन् । त्यसै गरी डोल्पाका ६ वटा गाउंपालिकाहरुमा पनि एउटा गाउंपालिकामा पनि विद्यालय निरिक्षक छैनन् । प्राविधिक सहायक पनि ७ हुनु पर्नेमा १ जना मात्र रहेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंहराज डांगीले बताए । 
   प्रत्येक स्थानीय तहमा शिक्षा, युवा तथा खेलकुद शाखा रहने नेपाल सरकारले व्यवस्था गरेको छ । ऐनमा व्यवस्था गरे अनुसार नगरपालिकामाको उक्त शाखा प्रमुखमा उपसचिव, विद्यालय निरिक्षक, प्राविधिक सहायक र स्रोत शिक्षक गरी ४ जना र गाउंपालिकाको शाखा प्रमुखमा विद्यालय निरिक्षक, प्राविधिक सहायक र स्रोत शिक्षक गरेर ३ जना शिक्षा हेर्ने कर्मचारी टिम रहने व्यवस्था नेपाल सरकारले गरेको छ । 
   शिक्षा हेर्ने आवश्यक कर्मचारीहरु डोल्पा ७ वटा स्थानीय तहमा शुन्य रहेको छ । जसमा सदरमुकाम कै ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, काइके गाउंपालिका, जगदुल्ला गाउंपालिका, शेफोक्सुण्डो गाउंपालिका, डोल्पोबुद्ध गाउंपालिका र छार्का ताङसोङ गाउंपालिका रहेका छन् । यी स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखा हेर्ने कुनै पनि कर्मचारी हालसम्म खटाइएको छैन । जसका कारण शिक्षाका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्न निकै समस्या रहेको छ । 
   डोल्पा ८ वटा स्थानीय तहहरु मध्ये मुड्केचुला गाउंपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा एक जना मात्र प्राविधिक सहायक दलबहादुर बस्नेत कार्यरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जनाएकोे छ । इकाइका अनुसार डोल्पामा २ जना उपसचिव, ८ जना विद्यालय निरिक्षक र ८ जना प्राविधिक सहायक, ८ जना स्रोत शिक्षक गरी २६ जना शिक्षा हेर्ने कर्मचारी आवश्यक रहेकोमा हाल १ जना प्राविधिक सहायक र ३ जना स्रोत शिक्षकहरु मात्र कार्यरत छन् । बांकी सबै पदमा पुरै खाली रहेको अवस्था छ । 
   अन्य कर्मचारीहरु संघिय सरकारले खटाउनु पर्ने व्यवस्था भए अनुसार त्यहांबाट खटाइएका छैनन् । स्रोत व्यक्ति भने स्थायी शिक्षकहरु बाटै नियुक्त गर्नु पर्ने भएकाले प्रक्रिया पुर्याएर सम्बन्धित स्थानीय तह भित्रबाट पुर्ति गर्नु पर्नेमा त्यही पनि पुर्ति हुन नसक्दा स्थानीय तह भित्रका विद्यालयहरुलाई प्राविधिक सहयोग पुग्न सकेको छैन । ८ स्थानीय तहहरुमा ३ जना मात्र स्रोत शिक्षकहरु रहेका छन् । ३ जनाले सबै स्थानीय तह हेर्नु परेको र विशाल भूगोल रहेकाले वर्षमा १ पटक सबै विद्यालय पुग्न समेत मुस्किल हुने गरेको अवस्था छ । 
   स्थानीय तहमा कर्मचारी नहुंदा विद्यालयमा दुःख गरेर काम गरिरहेका शिक्षकहरुको तलवी प्रतिवेदन समेत तयार हुन नसकेको अवस्था रहेको एक जनप्रतिनिधिले बताए । तलवी प्रतिवेदन तयार गरी शिक्षक कितावखानाबाट पास नगराउने हो भने शिक्षकहरुलाई तलव भत्ता खुवाउन समेत समस्या रहेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका एक कर्मचारीले दावी गरे । उनले थपे शिक्षाका अन्य कार्यक्रमहरु कार्यान्वयनका कुरा त परै छाडौं । कर्मचारी नहुंदा शिक्षाका काम गर्ने कुरा निकै समस्या रहेको छ । 
   स्थानीय तहमा निर्वाचित सरकार आएको साढे १ वर्ष पुगे पनि आवश्यक कर्मचारी नखटाइदा शिक्षाका कामले तिब्रता लिन नसकेको नगरपालिका र गाउंपालिकाका प्रमुख र अध्यक्षले दुखेसो गर्ने गरेका छन् । 
   सदरमुकाम दुनैकै स्थानीय तह ठुलीभेरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कुनै पनि कर्मचारी खटाइएको छैन । कर्मचारी नहुंदा शिक्षाका कार्यक्रमहरु कसरी सुरु गर्ने अन्यौलमा परेको शिक्षा विभाग संयोजक भण्डारीले बताए । उनले थपे सदरमुकामकै नगरपालिकाका हामीलाई त यस्तो समस्या र अन्यौल छ दुरदराज र बिकट भूगोलमा रहेका नगरपालिका र गाउंपालिकामा कस्तो अन्यौल होला अनुमानै गर्न नसकिने समस्या विकराल बन्दै गएको अनुमान गर्न सकिन्छ । 
   नेपाल सरकारले यसरी स्थानीय तहमा तोकिएको दरबन्दी अनुसार कर्मचारी नपठाउने गरेको शिक्षामा मात्र होइन स्थानीय तहमा रहने विभिन्न अन्य शाखामा पनि यस्तै अन्यौलको समस्या सबै खाशामा रहेको छ । यसरी कर्मचारी नहुने हो भने घरघरमै शासन पुर्याएर जनतालाई सुशासन दिन्छौं भन्ने नारा नारामै सिमित रहने निश्चित भएको नागरिकहरुले बताउने गरेका छन् । नारा ठुला दिने काम गर्ने कर्मचारी नै नपठाउने कसरी काम छिटो छरितो र सोचे अनुसार हुन सक्छ । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्