clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
प्राविधिक शिक्षालय तर्फको मोह बढ्दो
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ७ असोज – जताततै प्राविधिक शिक्षा तर्फ आकर्षण बढे संगै डोल्पामा पनि प्राविधिक धार समेत संचालनका लागि संवन्धन लिन विद्यालयहरु लागि परेका छन् । 
   सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर र विद्यार्थी संख्या घट्दै गएको गुनासो बढिरहेका बेला बाहिरी गुनासोलाई मत्थर पार्न मात्र होइन शिक्षालाई केही सुधार गर्नका लागि पनि प्राविधिक धार समात्नु पर्ने कम्प्यूटर इन्जिनियरिङ अन्तर्गत कम्प्यूटर ओभरसियर संचालन गरिरहेको त्रिपुरा माध्यमिक विद्यालय काइगाउंका प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए । 
   उनले थपे हाम्रो विद्यालयमा विद्यार्थी संख्या निकै घटेको थियो । विद्यार्थी घट्नुका साथै विद्यार्थी नभए पछि शैक्षिक गुणस्तर सुधार गर्न समेत निकै कठिन भएको बेला सिटिइभिटीबाट प्राविधिक धारको संवन्धन लिएर कम्प्युटर इन्जिनियरिङ अन्तर्गत कम्प्यूटर ओभरसियर(आइटी) विषयको पढाई सुरु गरे पछि विद्यार्थी संख्या बढ्नुका साथै पठनपाठनमा पनि सुधार आएको छ । शैक्षिक सत्र २०७३ देखि प्राविधिक धार समेत संचालन भए पछि त्रिपुरा माध्यमिक विद्यँलयमा विद्यार्थी संख्या पनि बढेको छ । यो वर्षसम्म प्राविधिक धारमा मात्र कक्षा ११ मा ३० जना, कक्षा १० मा ४४ जना र कक्षा ९ मा ४४ जना पढ्दै गरेका छन् । 
   यसरी डोल्पाका विभिन्न विद्यालयहरुमा विभिन्न प्राविधिक धार संचालनमा रहेका छन् । त्यही प्रकारले आफ्नो विद्यालयको विद्यार्थी संख्या बढाउनुका साथै शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्य राखेर आदर्श माध्यमिक विद्यालय जुफालले ५ वर्षदेखि कृषि जेटिएहरुको पढाई गरिहेको छ । त्यसैमा यो वर्षदेखि आदर्श माध्यमिक विद्यालय जुफालले आइएसीएजी कक्षा संचालन सुरु गरेको छ । 
   प्राविधिक धार समेत संचालन गरे पछि विद्यालयमा विद्यार्थी संख्या बढ्नुका साथै विद्यालयमा पढाई पनि निकै सुधार आएको आदर्श माध्यमिक विद्यालय  जुफालका प्रधानाध्यापक पूर्णबहादुर डांगीले बताए । उनले थपे साधारण धारका विद्यालयबाट भन्दा प्राविधिक धारका विद्यालयबाट विद्यार्थी र अभिभावकहरुले शैक्षिक गुणस्तरमा सुधार आउने आशा गरेरै प्राविधिक धार तर्फ विद्यार्थीहरु आकर्षित भैरहेका छन् । 
   सदरमुकाम दुनैको विद्यालय भएका कारण विद्यार्थी संख्या राम्रो भए पनि शैक्षिक गुणस्तरमा सुधार गर्न नसकेको आरोप खेपि रहेको सरस्वति माध्यमिक विद्यालय दुनैले यो वर्षबाट अव ओभरसियरको पढाई गर्ने गरी प्राविधिक धार संचालन गर्नका लागि सिटिइभिटीबाट सम्बन्धन लिई भर्ना समेत खुलाई सकेको उक्त विद्यालयका शिक्षक भुपेन्द्र रानाले बताए । 
   यसरी जिल्लाका विद्यालयहरुले साधारण धारको पढाइका साथै प्राविधिक धार संचालन गर्न होडबाजी नै चलेको छ । डोल्पाका गाउंका विद्यालयहरुमा विद्यार्थी अभाव हुने समस्या खासै छैन । यता सदरमुकाम ओरीपोरीका आधारभुत विद्यालयहरुमा विद्यार्थी अभाव सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंहराज डांगीले बताए । उनका अनुसार दुनै वरिपरि संस्थागत विद्यालय खुलेका कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थी अभाव सुरु भएको हो । 
   डोल्पामा हाल कृषि, कम्प्यूटर र सवओभरसियरको पढाई हुने गरी ३ वटा माध्यमिक विद्यालयहरुले प्राविधिक धार संचालन गरेका छन् भने अन्य केही विद्यालयहरुले पनि प्राविधिक धार संचालन गर्ने तयारी गरेका बताइन्छ । जिल्लाका सर्वसाधारणहरु पनि आफ्ना बालबालिकाहरु साधारण शिक्षा भन्दा प्राविधिक धार पढेमा छिटो रोजगारी पाउने आशा गरेर प्राविधिक धारको शिक्षा पढाउनु राम्रो भएको प्रतिक्रिया दिने गरेका छन् । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?