clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
फोक्सुण्डो जलाधार क्षेत्रको पाश्र्वचित्र बनाइदै
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ८ असोज – नेपालकै गहिरो ताल फोक्सुण्डो जलाधार क्षेत्रको गिदो विकास तथा यहांको वातावरण संरक्षण र जलवायु परिवर्तनका लागि अनुकुलनका लागि अध्ययन गरी पाश्र्वचित्र बनाउने काम अन्तिम भएको छ । 
   फोक्सुण्डो तालको पानी मुख्य नदिमा मिसिने ठाउं सुलिगाडलाई आधार मानि त्यस जलाधार क्षेत्र भित्रको सम्पूर्ण जल क्षेत्रले ओगट्ने ठाउंगाउं र त्यसको प्रभाव क्षेत्र भित्रको सम्पूर्ण प्रभाव पक्षको अध्ययन भैरहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । 
   उनका अनुसार प्रारम्भिक अध्ययनबाट यस जलाधार क्षेत्रमा भएको अनौठा कुराहरु भेटिएको जनाइएको छ । स्थानीय वासिन्दाहरुले जल, जंगल र जमिनको समुचित उपभोग गर्दै प्राकृतिक स्रोतको गिदो व्यवस्थापन, यस क्षेत्रमा हुने गरेका विभिन्न आर्थिक क्रियाकलाप, सामाजिक कृयाकलाप र विकासका कार्यलाई दिगो बनाउदै जलाधार क्षेत्रको संरक्षण संवर्धन र यसबाट भरमग्दुर फाइदा कसरी लिन सकिन्छ भन्ने हेतुले अध्ययन थालिएको हो ।
   फोक्सुण्डो तालदेखि सुलिगाडसम्म उत्तर दक्षीण भएर बग्ने सुलिगाड नदिको जलाधार क्षेत्रमा पूर्वबाट १९ र पश्चिमबाट १४ अनि सुलिगाड एउटा आफै गरेर यस जलाधार क्षेत्रमा ३४ वटा साना नदिनाला रहेका छन् । 
   यस जलाधार क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुका कारण मात्र होइन यार्चाकुन्भु, खिराङ्लो उत्खनन्का बेला बाहिरबाट आउने संकलकहरुबाट सोच विचार नगरिकन जथाभावी संकलन, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग, वन जंगल दाउरा र बासका लागि प्रयोग गरी नासिदै आएको सबैको स्वीकारोक्ति रहेको छ । 
   सबैभन्दा ठुलो कुरा यस जलाधार क्षेत्र भित्रको जमिन मध्ये १ प्रतिशत जमिन मत्र खेतियोग्य जमिन रहेको र त्यही जमिनमा यस क्षेत्रका सबै जनसंख्या मध्ये करिव ९६ प्रतिशत स्थानीय कृषिमा आधारित रहेको पेशा अपनाउन बाध्य रहेको खुलेको छ ।
   जलवायु परिवर्तनको असर हुन सक्छ । यस जलाधार क्षेत्र भित्र रहेका पानीका मुलहरु सुक्न थालेका छन् । हिउं पर्न निकै कम भैसकेको छ । पर्यटन अव्यवस्थित छ । सरकारी नियम अनुसार गर्नु पर्ने नगरेकाले दैनन्दिन फोहोर बढि रहेको छ । नदि खोला नालामा फोहोर फाल्ने क्रम बढेको लगायतका विभिन्न कारणले यस जलाधार क्षेत्रको गिदो विकासमा असर परेको सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय समितिका सदस्य हंशबहादुर शाहीले बताए । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्