clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
एक वर्ष अघिदेखि नेपाल टेलिकमका ब्याट्री अलपत्र
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ८ असोज – नेपाल टेलिकमको बिटिएस राखेर नमस्ते मोवाइल संचालन गर्नका लागि एक वर्ष अघि ब्याट्री लगायतका सामग्री बुझेर लिएको सामानबाट मोवाइल संचालन हुनुको सट्टा सम्बन्धित ठाउंमा समेत नपुगेर बाटोमै अलपत्र परेका छन् । 
   ठुलीभेरी नगरपालिकाको वडा नं. ५ र ६ का जनताहरुलाई संचारको सुविधा पुर्याउन नेपाल टेलिकमले माझफालठ नमस्ते मोवाइल सेवा विस्तार गर्नका लागि नमस्ते बिटिएसका सम्पूर्ण सामग्री ढुवानी गराउन सुरु गरेको थियो । पहिलो चरणमा सोलार पाता र ब्याट्री अनि चार्जर ठेकेदार मार्फत पठाएको थियो । 
एक वर्ष अघि पठाइएका ती सोलार ब्याटीहरु माझफालका जंगलमा अलपत्र परेको अवस्थामा रहेको एक सर्वसाधारणले बताए । उनका अनुसार सोलारका ब्याट्रीहरु यत्रतत्र छरिएर जंगलमै फालिएको अवस्थामा रहेका छन् भने चार्जर लाहाराको बाटो मुनि लडाएर फालिएको अवस्थामा रहेको छ । 
    त्यतिखेर जहाजबाट जुफाल ल्याइएका सोलार पाता भने नेपाल टेलिकमले विमानस्थल जुफालमै स्टोर गरेर राखेको नेपाल टेलिकम डोल्पाले जनाएको छ । ब्याट्री जंगलमा अलपत्र परेको, चार्जर ठुलीभेरी ६ को लाहारामा बाटोमुनि लडाइएको अवस्थामा अलपत्र परेको विषयमा सम्पर्क गर्दा त्यो माझफाल मोवाइल बिटिएस टावरका सामानहरु आफ्नो मातहतमा नआएको र आफूलाई ठेकेदारले कुनै सम्पर्क नगरेको भन्दै यस विषयमा कुनै पनि कर्मचारीले बोल्न मानेनन् । उनीहरुले यति मात्र भने यो विषयमा ठेकेदार को हो, कस्को जिम्मामा सामान ढुवानी भएको हो, किन त्यसरी फालिएको हो सम्बन्धित पठाउने निकायले सोधखोज गर्नु पर्ने हो । 
   तपाई जस्तै वाहिर हल्ला सुनिसक्नु छैन । त्यसैले हामीले पनि माथिल्लो निकायमा त्यो मोवाइल बिटिएस माझफालका सामान ढुवानी गर्ने र सामान सम्बन्धित ठाउंमा नपुर्याउने व्यक्तिको पहिचान तथा छानबिन प्रक्रिया अघि बढाउन अनुरोध गरी पत्राचार गरिएको नेपाल टेलिकम डोल्पाका नवराज भट्टराइले जनाए । 
   सदरमुकामकै स्थानीय तह ठुलीभेरी नगरपालिकाको २ वटा वडाहरु रहेको माझफालमा मोवाइल सेवा संचालन हुन नसकेर त्यहांका स्थानीयहरुलाई देश विदेशमा सम्पर्क गर्न, आफ्ना खबरहरु आदान प्रदान गर्नका लागि निकै दुख रहेको छ । यही समस्यालाई समाधान गर्नका लागि लामो पहलमा एक वर्ष अघि नमस्ते मोवाइल बिटिएस राख्ने निर्णय सहित सामानहरु उपलब्ध भए पनि मोवाइल सेवा संचालन भई सेवाग्राही लाभान्वित हुनुको सट्टा सामानहरु नै जंगलमा अलपत्र परेको एक शिक्षकले जानकारी दिए । 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?