clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दशै जस्तै महत्वका साथ भदै चाड मनाइयो
 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, असोज – डोल्पाका धेरै गाउंमा भदौ पूर्णिमालाई दशै जस्तै महत्वका साथ भदै चाडका रुपमा धुमधामका साथ मनाउने चलन रहेको छ । यसलाई दशे जस्तै गरी मनाइदै आएको छ । 
   भदै पर्वका रुपमा भदौ पूर्णिमाका बेला लामो समयदेखि नाचगान गर्ने, जात्रा मनाउने, राम्रो राम्रो कपडा लगाउने, पाहुना बोलाएर खानपिन गर्ने, आफन्तहरुकोमा जाने, राई फाल्ने भव्यताका साथ विभिन्न देवि देवताहरुको पुजाअर्चना गर्ने गरेर भदै मान्ने गरिन्छ । 
   यस पर्वको सबैभन्दा आकर्षणको केन्द्रविन्दु धामी नाच रहन्छ । मष्टा, मन्मा, भवानी, महादेव, बर्बदेउ, भयर, कालिका लगायतका देवताहरुको मन्दिरमा गएर देवताको सेवा गरेको वा प्राथाना गरेको रुपमा नाचगान गर्ने, पिङ् खेल्ने फुलारा खेल्ने चलन रहेको छ । 
   भदै पर्वका रुपमा मंगलवार डोल्पाको जुफाल, लोचा, पाहाडा, दापु, सर्मी, होर्त, रिमी, नर्कु थरगाउं, सुर, इल, कालिका, ल्हां, माझफाल, दुनै, सूं, चुं, रुम, मद्दु लगायतका विभिन्न गाउंहरुमा ठुलो उत्सवका रुपमा जात्रा गरेर मनाइएको छ । 
   विशेष गरी भदौ पूर्णिमालाई केन्द्र विन्दु मानेर मनाइने यो पर्वमा धामी नाच मुख्य रुपमा हुन्छ । विभिन्न देवताहरुको मन्दिरमा औसिका दिनदेखि भदौ चतुर्दशीका दिनसम्म दैनिक वेलुकी मन्दिरहरुमा जम्मा हुने तथा गाउंका मान्यजनको छतमा जम्मा भएर नाचगान, विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने गरिन्छ । त्यस पछि पूर्णिमाका दिन गाउंको मुख्य मन्दिरमा गएर धामी जात्रा लगाइन्छ । 
   गाउंको मुख्य देवताको मन्दिरमा गएर विभिन्न तवरले नाचगान गरे पछि देवताहरु पनि आउने गर्दछन् । धामीहरुको शरीरमा देवता चढेपछि विभिन्न कौतुङ्गे र रमाइला नाच प्रदर्शन गर्दै देवताहरुले आफ्ना भक्तहरुलाई रमाइलो दिलाउने चलन रहेको सर्मीबाट लालु बुढाले फोनमा बताए । 
   डोल्पामा देवताहरुको निकै चलन रहेको छ । यहांका विभिन्न गाउंहरुमा देवताहरुको विश्वास गरिन्छ । देवताहरुले मानिसहरुका कुनै पनि स्वास्थ्य समस्यादेखि लिएर घरका विभिन्न समस्याका विषयमा भविश्यवाणी गर्ने, विभिन्न रोगदोगको निदान गरिदिने, समाजमा परेका विभिन्न समस्याका विषयमा न्याय निसाफ गरिदिने लगायतका विभिन्न कामहरु गर्ने गरेको पाइन्छ । 
   यस डोल्पाका दर्जनौ गाउंहरुमा भदै दशै सरह महत्वका साथा मनाउने गरिएको पाइन्छ । भदैमा मिठोमिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने गरिन्छ । आफूमा रहेका विभिन्न कलाहरु प्रस्तुत गर्ने, पुराना पुराना कला सांस्कृति, परम्परा र चलनलाई परापूर्व कालदेखि मनाइदै र जगेर्ना गर्दै आइरहेका छन् । 
   यसै मौकामा जिल्लाका विभिन्न ठाउंमा विभिन्न चर्चा बमोजिमका चलन रहेका छन् । मंगलवार जुफालमा मन्मा देउ, महादेव लगायतका विभिन्न देवताहरुले कसैले आगोको भुब्रोमा नाचे, कसैले ढटेलको ठुलो रुख माथि चढेर उफ्रीउफ्री नाचे, कसैले फुलको डोलामा चढेर सयर गरे यस प्रकारको प्रदर्शन जिल्लाका विभिन्न देवस्थलहरुमा प्रदर्शन गरिन्छ । सर्मी, इल, रिमी, होर्त लगायतका विभिन्न गाउंका देवस्थलमा देवता चढेको बेला धामीले फूलको डोलीमा चढेर नाच देखाउने चलन रहेको छ । 
   भदौ पूर्णिमाका दिन देवताहरुको ठुला जात्रा गरिसके पछि त्यस पछि दिनको ३ बजे पछि गाउंका प्रमुख मान्छेको छतमा गाउले सबै जम्मा भएर दैनिक नाचगान गर्ने रमाइलो गर्ने खानपान गर्ने गरिन्छ । यो क्रम ३ देखि ५ दिनसम्म चल्ने गरेको छ । त्यस पछि गाउंमा नयां छोरा जन्मेको, विवाह गरेको, नयां काममा सफलता पाएकाले भतेर गरेर खुवाइ रमाइलो गराउने र सबैको एकै दिन त्यस प्रकारको उत्सव पारेर रमाइलो गरी रांइ फालेर जात्रा समापन गर्ने परम्परा रहेको छ । 
   यसरी भदै मानेर नाचगान गर्ने, निकोमिठो खाने, राम्रो राम्रो लगाउने गाउंहरुले दशैमा टिका लगाउने र सामान्य रुपमा मनाउने गरेको पाइन्छ । यी भदै पर्व मान्ने गाउंहरुमा बडादशैको बेला भन्दा यही भदै पर्वका बेला निकै रमाइलो गरिदै आएको रुमका तुलाचन्द बुढाले बताए । उनले थपे वर्षको एक पटक सबैभन्दा धेरै रमाइलो गरेर आनन्द लिने दिन भदै हो । हाम्रो गाउंमा दशै पनि मनाइन्छ तर भदै जति रमाइलो दशैमा गरिदैन । 
   भदै मान्ने गाउंहरुमा २० दिन हाराहारिसम्म विभिन्न नाचगान गरेर रमाइलो गर्ने क्रममा १ दिन विराएर पूर्णिमासम्म धामीहरुले देउता निकाल्ने र नाच प्रदर्शन गर्ने गर्दछन् । पूर्णिमा पछि भने मानिसहरुको मात्र रमाइलो सुरु हुने गर्दछ । यही क्रममा छोराबरा(छोरा जन्मेको खुसियाली) भनेर गाउंलेहरुलाई भतेर दिनु पर्ने भएको बताउदै सर्मीबाट लंकबहादुर बुढाले फोन भने भतेर दिने सोही दिनमा यो वर्षको भदै पर्व समापन हुने छ । 
   भदै पर्व तथा जात्राको समापन भदै मान्ने गाउंहरुले गाउंमा भतेर दिने घरका व्यक्तिको अनुकुल हुने गरी छिटो र ढिलो समापन गर्ने गरिन्छ । भदै पर्व पूर्णिमा पछि कम्तिमा ३ दिन र बढिमा ७ दिनमा जात्रा समापन गर्ने गरिदै आएको छ । 
 

 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्