clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
तीन हप्ता पछि बन्यो बत्ति
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, पुस –
 
   पोल बाच्चिएका कारण अवरुद्ध भएको खाली छहरा साना जलविधुत आयोजनाको पोल मर्मत भए पछि बत्ति सुचारु भएको छ । 
   मोटरबाटो निर्माण गर्ने क्रममा माथिबाट लोटेर आएको ढुङ्गा लागेर छाली छहरा साना जलविधुत आयोजना लिकुको बत्ति आपुर्ति बन्द भएको तीन हप्ता पछि पोलको मर्मत पछि शनिवारबाट बत्ति नियमित बलेको छ । 
   पाहाडामा मोटरबाटो बनाउने क्रममा स्काभेटरले खन्दै गरेको बेला ठुलो ढुङ्गा लोटेर झर्ने क्रममा छाली छहरा साना जलविधुत आयोजनाको लाइनको खम्बामा लागेर मंसिरको दोस्रो हप्तामा पोल ढलेको थियो । ढुङ्गाले क्षति भएको खम्बा फेरे पछि नियमित बत्ति बलेर विधुत आपुर्ति सुचारु भएको लिकुबाट यमप्रसाद गौतमले बताए । 
   विभिन्न गाउंमा लघु जलविधुत आयोजनाहरु संचालन भएका कारण सेवा सुविधा गाउंगाउंमा पुगेको छ । गाउंमा संचालित लघु जलविधुत आयोजनाहरुमा केही समस्या आउने वित्तिकै बजेट अभावका कारण लामो समय बत्ति बन्द हुने गरेको अनुभव रहेको माझफालका धर्मलाल बुढाले बताए । उनले थपे राष्ट्रिय प्रशारण लाईन जिल्लामा आएर सबै गाउं नजोडिएसम्म कहिले बल्ने त कहिले निभ्ने समस्या कायमै रहने छ । त्यस कारण सरकारले संचार, विधुत, यातायात जस्ता अति जरुरि सेवा सुविधाहरुमा छिटो सेवा सुविधा दिन राष्ट्रिय पहल गर्नु पर्छ  । 
   डोल्पाका विभिन्न गाउंहरुमा सञ्चालनमा रहेका लघु जलविधुत आयोजनाहरु पटक पटक विभिन्न समस्याले बन्द हुने गरेर दुख दिने गरेका कारण उपभोक्ताहरुले निकै शास्ति भोग्नु परेको छ । यो समस्या समाधानका लागि स्थानीय पहलले सम्भव नभएको र केन्द्रिय सरकारको आशा स्थानीयहरुले गरिरहेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्