clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
ऋण लिएर रेडियोको क्षमता विकास
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २ पुस –
 
   विकास सहित हरेक पक्षमा पछि परेको डोल्पामा ६ वर्ष अघि स्थापना भई नियमित सञ्चालनमा भैरहेको डोल्पाको पहिलो सामुदायिक रेडियो डोल्पा एफ.एम. १०१.४ मेगाहर्ज ऋण लिएर रेडियोको क्षमता अभिवृद्धि गरिएको छ । 
   आइतवार दिउसो ३ बजे रेडियो डोल्पा एफ.एम. १०१.४ मेगाहर्जको कार्यालय डोल्पाको कार्यालयमा आयोजित एक सामान्य कार्य जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढा र ठुलीभेरी नगरपालिका दुनै डोल्पाका प्रमुख गणेशबहादुर शाहीले संयुक्त रुपमा ५०० वाटको ट्रान्समिटरको स्वीच अन गरेर क्षमता वृद्धि भएको रेडियोको उद्घाटन गरेको रेडियो डोल्पा एफ.एम. डोल्पाले जनाएको छ । 
   छ वर्ष अघि २०६८ माघ ३ गतेबाट प्रशारण सुरु भएको डोल्पाको पहिलो सामुदायिक रेडियो डोल्पा एफ.एम. ले क्षमता विकासका लागि नेपाल सरकार प्रेस काउन्सिल नेपालको मिडिया विकास कोष मार्फत व्याज अनुदान दिने सहमतिमा भए पछि लामो समयको प्रयासले कृषि विकास बैंक डोल्पाले उपलब्ध गराएको ८ लाख ऋणबाट ५०० वाटको ट्रान्समिटर र डिजिटल मिक्सर किनि ल्याएर आइतवार दिउसोको प्रशारण सुरु हुने समय दिउसो ३ बजेबाट ५ सय वाटको ट्रान्समिटर अन गरी डोल्पामा पहिलो पटक ५ सय वाट क्षमताको रेडियो सञ्चालन भएको हो । 
   प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बुढाले उद्घाटन मन्तव्य दिदै डोल्पा जस्तो अति दुर्गम र कठिन अवस्थामा रेडियो सञ्चालन गरी यसको क्षमता समेत वृद्धि गरेकोमा रेडियो परिवारलाई बधाई तथा उत्तरोउत्तर प्रगतिको शभकामना दिएका थिए । साथै उनले रेडियोको वृद्धि विकास र प्रगतिका लागि हरपल लागि पर्ने बताएका थिए । 
   त्यसै गरी विशेष अतिथि ठुलीभेरी नगरपालिकाका प्रमुख शाहीले मन्तव्य दिदै रेडियोको विकास गर्नु मात्र होइन समग्र जिल्लाका नागरिकहरुको चेतनाको विकास हुने भएकाले रेडियोको क्षमता विकासका लागि आफ्नो व्यक्तिगत र संस्थागत सहयोग रहीरहने बताएका थिए । उपस्थित काइके गाउंपालिका अध्यक्ष अंगद राना र शे–फोक्सुण्डो गाउंपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङ, उपाध्यक्ष धावासम्दुक गुरुङले मन्तव्य नराखे पनि जिल्लाको संचार क्षेत्रमा रेडियोले पुर्याएको योगदान रहेको बताएका थिए । 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्