clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा बिजय जुलुस सहित सभा सम्पन्न
रेडियो डोल्पा एफ.एम.
    डोल्पा, २३ मंसिर –
 
   डोल्पाका तीन वटै सिटमा बिजय हासिल गरेको वाम गठबन्धनले हजारौको उपस्थितिमा बाजागाजा सहित बिजय उत्सबका रुपमा मनाउदै सम्पन्न गरेको छ । 
    प्रतिनिधि सभामा बिजय भएका एमालेका धनबहादुर बुढा, प्रदेश सभा क मा बिजय प्राप्त गरेका एमालेकै नन्दसिंह बुढा र प्रदेश सभा ख मा बिजय हात पारेका माओवादी केन्द्रका बिरबहादुर शाही सहितको हजारौ कार्यकर्ताहरुको उपस्थितिमा वाम गठबन्धन डोल्पाले डोल्पाको सदरमुकाम दुनै बजारमा बिजय जुलुसले विभिन्न नारा सहित बजार परिक्रमा गरी बिजय सभामा परिणत भई बिजय सभा सम्पन्न गरेको हो । 
   डोल्पामा रहेका विभिन्न समस्या समाधानका लागि मलाई डोल्पाली जनताहरुले बिजय गराएका कारण डोल्पाका सबै समस्याको समाधानका लागि म सधै तत्पर रहनेछु । बिजय सभालाई सम्बोदन गर्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले प्रतिबद्धता जनाउदै उनले थपे जिल्लाका सबै स्थानीय तहहरुमा मोटरबाटो पुर्याउने, उत्तर दक्षीण लोकमार्गका रुपमा विकास भैरहेको तिब्बतको सिमाना मसिम्लाबाट डोल्पाको सदरमुकाम दुनै हुदै रुपैडिहासम्मको मोटरबाटोलाई ५ वर्षमा मोटर गुड्ने गरी निर्माण गर्न पहल गर्ने, वेरोगार लगायतका विभिन्न समस्या समाधानका लागि पहल गर्ने छु । 
   डोल्पाको सर्वाङ्गीण विकासमा आफ्नो पहिलो प्राथमिकता हुने प्रतिवद्धता सहित आफूलाई अमूल्य मत दिएर जिताउने सम्पूर्ण मतदाताहरुलाई तिनै जना नव निर्वाचित माननियहरुले आभार सहित धन्यवाद ज्ञापन गरेका थिए । 
   बिजय र्यालीले बजार परिक्रमा पछि जिल्ला समन्वय समिति डोल्पाको प्राङ्गणमा सजाइएको आकर्षक मञ्चमा पुगेर बिजय सभामा परिणत भएको सभालाई नव निर्वाचित प्रतिनिधि सभाका सदस्य धनबहादुर बुढा, प्रदेश सभा क का नन्दसिंह बुढा, प्रदेश सभा ख का बिरबहादुर शाही, पूर्व मन्त्रीहरु नरबहादुर बुढाथोकी र सत्यकुमारी पाहाडी, एमाले केन्द्रिय कमिटीका वैकल्पिक केन्द्रिय सदस्य हंशबहादुर शाही, माओवादी केन्द्रका डोल्पा इन्चार्ज रामलाल वि.क., जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढा, माओवादी केन्द्र डोल्पाका संयोजक मालबहादुर रोकाया र त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका प्रमुख ओमबहादुर बुढाले सम्बोदन गरेका थिए । 
   नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाको अध्यक्षतामा भएको बिजय जुलुस र सभामा हजार भन्दा बढिको सहभागिता रहेको थियो । सभाको संचालन नेकपा एमाले डोल्पाका प्रचार विभाग प्रमुख बविकिशोर गुरुङ्ले गरेका थिए । बिजय जुलुस र सभामा सहभागिहरु सहित उपस्थित मतदाताहरुलाई बिजय पार्टीको व्यवस्था गरिएको थियो । 
   प्रदेश सभाको निर्वाचन क्षेत्र बमोजिम पार्टीको व्यवस्था गरिएको आयोजक वाम गठबन्धनले जानकारी दिएको छ । वाम गठबन्धनका अनुसार प्रदेश क का मतदाताहरुलाई खेलकुद मैदान दुनैमा, प्रदेश सभा ख का मतदाताहरुलाई शेरबहादुर बुढाको घरबारिमा बिजय पार्टीको व्यवस्था गरिएको र कर्मचारी पत्रकारहरुलाई जिल्ला समन्वय समिति डोल्पाको प्राङ्गणमा पार्टी खाने व्यवस्था मिलाइएको वाम गठबन्धनका लंकबहादुर रोकायाले बताए । बिजय कार्यक्रममा ४५ जना बाजाहरु रहेका रहेको जनाइएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्