clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका सबै सिटमा वाम गठबन्धन भारि मतले बिजयी
लेखबहादुर बुढा
   डोल्पा, २३ मंसिर –
 
   मंसिर १०  गते निर्वाचन तथा मतदान भएको डोल्पामा ११ दिन पछि २१ गते राति साढे नौ बजेबाट सुरु भएको मतगणना कार्य प्रत्यक्ष तर्फको गणना शुक्रवार राति नै सकिएको छ । मतगणना परिणाम अनुसार डोल्पाका सबै पदमा वाम गठबन्धनले भारि मतान्तरले बिजय हासिल गरेको छ । 
   गए राति अवेर घोषित परिणाम अनुसार डोल्पाका प्रतिनिधि सभा र प्रदेश सभाका दुबै गरी ३ वटै सिटमा भारि मतान्तरका साथ बिजयी भएका छन् । 
   वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा एमालेका धनबहादुर बुढाले खसेको मत १५ हजार ८ सय १२ को ७४ प्रतिशत मत प्राप्त गरी बिजय हात पारेका छन् । प्रदेश सभा क मा एमालेका नन्दसिंह बुढाले खसेको मत ६ हजार ७ सय ८८ को ८१ प्रतिशत र प्रदेश सभा ख मा माओवादी केन्द्रका बिरबहादुर शाहीले खसेको मत ९ हजार २६ मतको ७१ प्रतिशत मत प्राप्त गरी तिनै जनाले निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई ३ गुणा भन्दा बढिको भारि मतान्तरले हराउदै बिजय भएका छन् । 
   प्रतिनिधि सभामा नेकपा एमालेका धनबहादुर बुढाले ११ हजार ७ सय ६१ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १ सय ६७ मत प्राप्त गरेका छन् । यो मत करिव ४ गुणाले बढि हुन आउंछ । तीन वटा उम्मेद्वार एकातिर एमालेका धनबहादुर बुढा अर्कोतिर गर्दा पनि ४ गुणाले मतान्तरले बिजयी भएका हुन् । नेकपा(माले)का हर्कबहादुर ठकुल्लाले २ सय ९९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाहीले २१ मत पाएका थिए । 
   प्रदेश सभा क मा नेकपा एमालेका नन्दसिंह बुढाले ५ हजार ४ सय ९० मत प्राप्त गरी बिजय हासिल गरेका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी वेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत प्राप्त गरेका थिए यो मतान्तर ४ गुणा भन्दा बढि हो । 
   त्यसै गरी प्रदेश सभा ख मा पनि वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका बिरबहादुर शाहीले ६ हजार ४ सय १४ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुरेशबहादुर शाहीले २ हजार १ सय ५ मत प्राप्त गरेका छन् । उनको मतान्तर ३ गुणा भन्दा बढि रहेको छ । प्रतिद्धन्द्धीहरु मध्ये नयां शक्ति नेपाल पार्टीका पुष्पराज बुढाले १ सय ४० मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेद्वार जयबहादुर डसालले ९० मत प्राप्त गरेका छन् । 
    मंसिर १० मा भएको मतदानको मतगणना गत बिहिवार सांझ ९ः२५ बजेदेखि मतगणना सुरु भएको थियो । अन्तिम परिणाम बमोजिम डोल्पा प्रदेश क र प्रतिनिधि सभामा वाम गठबन्धनबाट एमालेका उम्मेद्वारहरु र प्रदेश ख मा गठबन्धन कै माओवादी केन्द्रका उम्मेद्वार भारि मततान्तरका साथ विजय भएका छन् । 
   प्रतिनिधि सभा सदस्यमा बिजय हुने धनबहादुर बुढा २०६२, ०६३ मा तत्कालिन राजा ज्ञानेन्द्रविक्रम शाहद्धारा जिल्ला विकास समितिका मनोनित सभापति हुन् । लामो समयदेखि राप्रपामा आफ्ना दाजु कर्णबहादुर बुढालाई सघाउदै राजनीतिमा सक्रिय धनबहादुर बुढा २०७० मा एमाले प्रवेश गरी संविधान सभाको निर्वाचन २०७० मा एमालेबाट टिकट पाई ६ हजार ९ सय मत एवम् ५४ प्रतिशत मतका साथ निर्वाचित भएका थिए । पूर्व सांसद बुढा आर्थिक रुपमा मजबुत नेता हुन् । उनले आफ्नो आर्थिक समृद्धि ठेक्का पट्टाबाट गरेका हुन् । बहुदलिय व्यवस्था पुनस्थापना २०४७ पछि डोल्पामा सांसद पद दोहोर्याएर जित्ने उनी पहिलो व्यक्ति पनि बनेका छन् ।
   प्रदेश क मा बिजय हुने नन्दसिंह बुढा नेकपा(एमाले) डोल्पाका वर्तमान सचिव पनि हुन् । उनले २०५४ सालदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय भएका थिए । उनले आफ्नो घरमा आमा बुबा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेको बेला पनि कठिन संघर्षका साथ कम्युनिष्ट राजनीतिमा लागेर आफ्नो सबै परिवारलाई एमाले बनाउने मात्र होइन आफूलाई नेताको रुपमा स्थापित गरेका बुढाले एमाले जिल्ला कमिटी सदस्य हुदै, जिल्ला कमिटी सचिव भएको भए पनि लाभको पदमा भने बल्ल मौका पाएका छन् । उनले लामै समयदेखि एमालेका नेताको छवी बनाएका थिए । 
   प्रदेश सभा ख मा बिजय भएका बिरबहादुर शाही लामो समयदेखि माओवादी पार्टी सदस्य रहेको भए पनि सक्रिय नेताको रुपमा भने परिचय थिएन । बिरबहादुर शाही ठेक्कापट्टाको पक्षबाट जिल्लाको विकासमा सहयोग गरिरहेका उनलाई राम्रो मौका मिलेको मान्नु पर्छ । 
   प्रत्यक्ष तर्फको मतगणना सकिएर वाम गठबन्धनले डोल्पाका सबै पदमा बिजय हात पारेको छ । प्रत्यक्ष तर्फ सबै पदमा बिजय पाएको वाम गठबन्धनले शनिवार बिजय र्याली सहित बिजय सभा गर्ने बताइएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्