clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा प्रतिनिधि सभा पनि छिट्टै घोषणा हुने
डोल्पा
प्रतिनिधि सभा पनि छिट्टै घोषणा हुने
विष्णुलाल बुढा
   डोल्पा, २२ मंसिर – मंसिर १० मा भएको मतदानको मतगणना बिहिवार सांझ ९ः२५ बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम बमोजिम डोल्पा प्रदेश क मा वाम गठबन्धनबाट एमालेका उम्मेद्वार विजय भएका छन् । प्रतिनिधि सभा सदस्यको मत परिणाम पनि केही बेरमा आउने अनुमान गरिएको छ । 
   मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले घोषणा गरे बमोजिम वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढाले ८१ प्रतिशत मत प्राप्त गरी बिजयी भएका हुन । उनले ५ हजार ४ सय ९० मत प्राप्त गरेका थिए । उनका एक मात्र प्रत्यासी नेपाली कांग्रेसका वेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत पाप्त गरेका थिए । 
   प्रदेश क मा ६ हजार ७ सय ८८ मत खसेको थियो । खसेको मत मध्ये ८५ मत बदर भएका थिए भने सदर मत थिए ६ हजार ७ सय ३ थिए । यसरी हेर्दा खसेको मतको ६ हजार ७ सय ८८ को ८१ प्रतिशत मत प्राप्त गरेर एमालेका नन्दसिंह बुढा बिजयी भएका छन् । 
   बिजय हुने नन्दसिंह बुढा नेकपा(एमाले) डोल्पाका वर्तमान सचिव पनि हुन् । उनले २०५४ सालदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय भएका थिए । उनले आफ्नो घरमा आमा बुबा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेको बेला पनि कठिन संघर्षका साथ कम्युनिष्ट राजनीतिमा लागेर आफ्नो सबै परिवारलाई एमाले बनाउने मात्र होइन आफूलाई नेताको रुपमा स्थापित गरेका बुढाले एमाले जिल्ला कमिटी सदस्य हुदै, जिल्ला कमिटी सचिव भएको भए पनि लाभको पदमा भने बल्ल मौका पाएका छन् । उनले लामै समयदेखि एमालेका नेताको छवी बनाएका थिए । 
 
 
८१ प्रतिशत मत प्राप्त गर्दै प्रदेश क मा एमाले बिजयी
प्रदेश–क मा एमाले बिजयी
१. नन्दसिंह बुढा (एमाले ः
विहान ९ः१५ बजे बिजयी घोषणा )
५४९०(बिजयी)

२. वेगमसिंह ठकुरी (कांग्रेस)

१२१३ (प्रमुख प्रतिद्धन्द्धी)
बदर मत ः ८५
सदर मत ः ६७०३
जम्मा खसेको मत ः ६७८८
 
डोल्पा
प्रतिनिधिसभा
( ताजा अपडेट)
१. धनबहादुर बढा  (एमाले)

८८६४
२. अंगदकुमार बुढा (कांग्रेस)

२६८५

३. हर्कबहादुर ठकुल्ला(माले)
      २०२
४. अर्जुनबहादु शाही(राष्ट्रिय जनमुक्ति पार्टी)

०२१
बदर मत ः ४१२
गनिएको मत ः १२१८४
जम्मा खसेको मत ः १५८८९
अब प्रतिनिधि सभा तर्फको गन्न बांकी मत ः ३७०५ मात्र छ ।
प्रदेश– ख 
१. बिरबहादुर शाही (मा.के.)

२०५३
२. सुरेशबहादुर शाही (कंग्रेस)

७९९
३. पुष्पराज बुढा (नयां शक्ति पार्टी नेपाल)

३०
४. जयबहादुर डसाल(स्वतन्त्र)
       ६३
 
बदर मत ः ९७
गनिएको मत ः ३०४२
 
वेलुकी ८ बजेभित्र प्रतिनिधि सभाको र राति १२ बजेभित्र प्रदेश ख को मतगणना सम्पन्न गरेर सबै परिणाम सार्वजनिक गर्ने गरी मतगणनाको कार्यमा सबै खटेको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताएका छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
सबै हेर्नुहोस्