clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा प्रदेश क मा एमाले बिजयी
डोल्पा
डोल्पा प्रदेश क मा एमाले बिजयी
विष्णुलाल बुढा
   डोल्पा(दुनै), २२ मंसिर – मंसिर १० मा भएको मतदानको मतगणना बिहिवार सांझ ९ः२५ बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम बमोजिम डोल्पा प्रदेश क मा वाम गठबन्धनबाट एमालेका उम्मेद्वार विजय भएका छन् । 
   मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले घोषणा गरे बमोजिम वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढाले ८१ प्रतिशत मत प्राप्त गरी बिजयी भएका हुन । उनले ५ हजार ४ सय ९० मत प्राप्त गरेका थिए । उनका एक मात्र प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वगमसिंह ठकुरीले १ हजार २ सय १३ मत पाएका थिए । 
   प्रदेश क मा ६ हजार ७ सय ८८ मत खसेको थियो । खसेको मत मध्ये ८५ मत बदर भएका थिए भने सदर मत थिए ६ हजार ७ सय ३ थिए । यसरी हेर्दा खसेको मतको ६ हजार ७ सय ८८ को ८१ प्रतिशत मत प्राप्त गरेर बिजयी भएका थिए । 
   बिजय हुने नन्दसिंह बुढा नेकपा(एमाले) डोल्पाका सचिव हुन् । उनले २०५४ सालदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय भएका थिए । उनले आफ्नो घरमा आमा बुबा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेको बेला पनि कठिन संघर्षका साथ कम्युनिष्ट राजनीतिमा लागेर एमाले जिल्ला कमिटी सदस्य हुदै, जिल्ला कमिटी सचिव भएका भए पनि लाभको पदमा भने बल्ल मौका पाएका छन् । उनले लामै समयदेखि एमालेका नेताको छवी बनाएका थिए । 
 
 
८१ प्रतिशत मत प्राप्त गर्दै प्रदेश क मा एमाले बिजयी
प्रदेश–क मा एमाले बिजयी
१. नन्दसिंह बुढा (एमाले ः
विहान ९ः१५ बजे बिजयी घोषणा )
५४९०(बिजयी)

२. वेगमसिंह ठकुरी (कांग्रेस)

१२१३ (प्रमुख प्रतिद्धन्द्धी)
बदर मत ः ८५
सदर मत ः ६७०३
जम्मा खसेको मत ः ६७८८
 
डोल्पा
प्रतिनिधिसभा
( दिउसो २ः२० बजेसम्मको अपडेट)
१. धनबहादुर बढा  (एमाले)

७९९४
२. अंगदकुमार बुढा (कांग्रेस)

२६०८

३. हर्कबहादुर ठकुल्ला(माले)
      २०१
४. अर्जुनबहादु शाही(राष्ट्रिय जनमुक्ति पार्टी)

०१७
बदर मत ः ४०५
गनिएको मत ः ११२३२
जम्मा खसेको मत ः १५८८९
अब प्रतिनिधि सभा तर्फको गन्न बांकी मत ः ४६५७ मात्र ।
 
प्रदेश– ख 
१. बिरबहादुर शाही (मा.के.)

११९०
२. सुरेशबहादुर शाही (कंग्रेस)

५०९
३. पुष्पराज बुढा (नयां शक्ति पार्टी नेपाल)

१८
४. जयबहादुर डसाल(स्वतन्त्र)
       ३
 
बदर मत ः ६७
गनिएको मत ः १७८७
 
 
 
 
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्