clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
राप्रपाका प्रवक्ता एमाले प्रवेश
 
   डोल्पा(दुनै), कात्तिक १७ – राष्ट्रिय प्रजातन्त्र पार्टी डोल्पाका प्रवक्ता सहित कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताहरु नेकपा(एमाले) प्रवेश गरेका छन् । 
   प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिदै गएको अवस्थामा एक पार्टी छोडेर अर्को पार्टी प्रवेश गर्ने क्रम डोल्पामा पनि बढेको छ । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी डोल्पाका प्रवक्ता नरबहादुर डांगी सहित राजिमान डांगी, डालबहादुर डांगीले राप्रपा परित्याग गरी एमाले प्रवेश गरेका छन् । 
   त्यसै गरी गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेद्वार बनेर हारेका सरुने सार्की लगायतका ठुली भेरी नगरपालीका वडा नं ८ का १० घर परिवारले एमाले प्रवेश गरेका छन् । देशमा स्थायित्व रहेको सरकार गठनका लागि बाम गठबन्धन आवश्यक भएको भन्दै उनीहरुले कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेको नेकपा एमाले डोल्पाका सचिव एवम् प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. क का उम्मेद्वार नन्दसिंह बुढाले बताए । 
   प्रवेश गर्ने सम्पुर्णलाई नेकपा (एमाले)का बैकल्पीक केन्द्रीय सदस्य हंसबहादुर शाही, नेकपा(एमाले)का बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार पूर्व सांसद धनबहादुर बुढाले एक भव्य कार्यक्रमको विच खादा, अविर लागई स्वागत गरेका थिए । बाम गठबन्धनका उम्मेद्वारहरुको प्रचार टोली घरदैलो पुगेका बेला उनीहरुले प्रवेश गरेका थिए । 
   डोल्पामा प्रतिस्पर्धि नेपाली कांग्रेस निकै कमजोर देखिएकाले पनि मतदाताहरु जित्ने उम्मेद्वारतिर अकर्षित हुने र भोलीका दिनमा जित्ने पछि लागे केही सेवा सुविधा पाइएला भन्ने हेतुले पनि मतदाताहरु यतिखेर बाम गठबन्धनमा प्रवेश गर्ने गरेको अनुमान विश्लेषण गरिने गरेको पाइन्छ ।  
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्