clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
ओझेलमा परेको गुफाको नापजांच
लालबहादुर बुढा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, कात्तिक १७ – देशकै लामो गुफा भएर पनि ओझेलमा परेको मुड्केचुला गाउंपालिकाको सुप्पाकुनामा रहेको भिम गुफाको जनप्रतिनिधिहरु द्धारा अनुगमन र नापजांच गरिएको छ । 
   मुड्केचुला गाउंपालिकाका अध्यक्ष दत्तबहादुर शाही, उपाध्याक्ष सविताकुमारी रोकाय विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरुले अनुगमण गर्नुका साथै नापजांच समेत गरेका हुन् । 
   गत मंगलवार अनुगमन र नापजांच गर्दा सुप्पाकुनामा रहेको भिम गुफाको लम्बाई २ सय ४५ मिटर भेटिएको छ । यस अघि गुफाको संरक्षण संवर्धनका लागि स्थानीयहरुले माग राखे पनि यसरी निर्वाचित र स्थानीय निकायहरुले कुनै वास्ता गरेका थिएनन् । निर्वाचित जनप्रतिनिधिहरु र गाउंपालिकाका निमित्त कार्यकारी अधिकृत समेत पुगेर अनुगमन र नापजांच गरे पछि निकै खुसि लागेको स्थानीय लालबहादुर बुढाले बताए । 
   सम्भवतः नेपालकै लामो गुफा यो भिम गुफाको बीचबीचमा सानासाना ३ वटा पानीका ताल रहेका छन् । गुफा भित्र विभिन्न किसिमका देवी देवताका आकृतिहरु, शिवलिंग जस्ता आकारहरु देखिएका छन् । गुफा भित्र धातु जस्ता बस्तुहरु र चित्रहरु भेटीएको अनुगमन पछी मुड्केचुला गाउंपालीकाका निमित्त कार्यकारी अधिकृत जगबहादुर बस्नेतले बताए । 
   उनका अनुसार गुफा भित्र बीचबीचमा घस्रेर जानुपर्ने, उक्लनु र झर्नु पर्ने ठाउं बाहेकका सबै ठाउंमा उभिएर हिड्न सकिने अवस्था छ । गुफाका ठाउंठाउंमा सम्याएर पर्खाल लगाएर सुत्न मिल्ने जस्तो पाटापाटा बनाइएको भेटिन्छ । 
   मुड्केचुला गाउंपालीका वडा नं ८ ओक्टमा रहेको सुप्पाकुनाको भिम गुफाको ढोकासम्म जाने बाटो छैन । बाटो निर्माण देखि गुफा भित्रका अप्ठेरा ठाउंमा हिड्न सहज बनाउनुका साथै बत्तिको व्यवस्था गरेर अवलोकनलाई सहज बनाउने हो भने पर्यटकिय स्थलको रुपमा विकास भई मुड्केचुला गाउंपालिकाको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयको आशा छ । 
   यसले पर्यटन क्षेत्रको विकास गरी विदेशी मुद्रा आर्जनमा समेत सहयोगी हुने देखिन्छ । यसको विकास, संरक्षण, संवर्धन र प्रचार प्रसार गरी देश विदेशसम्म चिनाउनु आवश्यक छ । यो गुफाको नेपाल टेलिभिजनले एकचोटी समाचार बनाएर प्रसारण गरिसकेको छ । तर सम्बन्धित निकाय र जनप्रतिनिधिहरुको चासो नजानाले ओझेलमा परेको स्थानीयहरुको गुनासो रहेको छ । 
 
 
 
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्