clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
खाधान्न ढुवानीको लागी विभिन्न सरोकारावालहरु विच छलफल
 
लेख बुढा
रेडियो डोल्पा एफ डोल्पा 
कार्तिक १९,
 
 
   डोल्पा जिल्लामा नेपाल खाधान्न सँस्थानको ढुवानी र नयाँ ठाउँहरुमा खाधान्न डिपोको माग गर्ने सम्वन्धी छलफल भएको छ । जिल्ला समन्वय समितिका सँयोजक सेर बहादुर बुढाको सँयोजकत्वमा बसेको बैठकले आउदो प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन पछी नेपाल खाधा सँस्थान सगँ थप खाधान्नको माग गर्ने निर्णय गरिएको । आईतबारको बैठकले बढ्दै गएको खडेरीको कारण डोल्पामा खाधान्नको समस्या देखा पर्ने सम्भावना भएकोले दुनै र जुफाल डिपोको लागी १८ सय कुईन्टल,काईगाउ डिपोको लागी ३ हजार कुईन्टेल,लिुक डिपोकोलागी ३ हजार ५ सय कुईनटल ,तिन्जे डिपोकोलागी ३ हजार ५ सय कुईन्टल र सहरतारा डिपोको लागी ४ हजार कुईन्टेल खाधान्नको लागी नेपाल खाधा सँस्थानमा माग गर्ने निर्णय गरिएको । यस्तै उपल्लो डोल्पाको छार्का तागँसोगँ गाउपालीकाको लागी नयाँ डिपोको माग गर्ने निर्णय पनी गरिएको छ । हाल ७ वटा डिपो बाट २३ गाविसका स्थानिय बासिन्दाहरुलाई खाधान्न वितरण गरिर्दै आएको छ । 
 
दुनै जुफाल डिपो लगाएतका डिपोहरुमा खाधान्न मौज्दात नरहेकोले आ.व ७४ ७५ को लागी ठेकेदारहरुलाई ढुवानीको लागी ताकेता गर्ने निर्णय गरिएको छ । आईतबारको बैठकमा नेपाल खाधा सँस्थान शाखा कार्यलय डोल्पाका प्रमुख हरिप्रसाद जोसीले नेपाल खाधा सँस्थान डोल्पाको यस बर्षको आम्दानी र खर्च तर्फको विवरण प्रस्तुत गर्नु भएको थियो । नेपाल खाधा सँस्थान दुनै डिपो बाट यहि असोज ५ र ६ गते ३ हजार ८ सय १० कुईन्टल खाधान्न वितरण गरीयको शाखा प्रमुख जोसीले बताउनु भयो । 
जिल्ला समन्वय समितिका सँयोजक सेर बहादुर बुढाले केकसरी हुन्छ डोल्पा जिल्लाका सम्पुर्ण खाधा डिपोहरुबाट प्रत्यक महिनामा खाधान्न वितरण गर्न र प्रत्यक महिनामा आम्दानी र खर्च विवरण बुझाउन आग्रह गर्नु भएको छ । डोल्पाका जनताहरुलाई खाधान्न उपलब्ध गराउनको लागी जिल्ला समन्वयको तर्फबाट केकती सहयोग चाहिन्छ आफुु गर्न तयार रहेको प्रमुख बुढाले बताउनु भयो । 
मंसिर  महिना देखि डोल्पामा हिमपात सुरुहुनेभएकोले खाधान्नको ढुवानी गर्न समस्या हुने भएकाले ठेकेदारहरुलाई छिटो छरितो डोल्पामा खाधान्नको ढुवानी गर्न भन्न ठुलीभेरी नगरपालीकाका मेयर गनेस बहादुर शाहीले नेपाल खाधा सँस्थान डोल्पाका शाखा प्रमुख हरिप्रसाद जोसीलाई निदेशन दिनु भएको छ । भनेको समयमा खाधन्नको ढुवानी नभए सम्पुर्ण जिम्मेवारी ठेकेदारले लिनु पर्ने प्रमुख शाहीले बताउनु भएको छ । 
 
आईतबारको बैठमा जिल्ला समन्वय समितिका प्रमुख सेर बहादुर बुढाको अध्यक्षतमा निमित्त प्रमुख जिल्ला अधिकारी बम बहादुर केसी को प्रमुख अथितिमा र ठुली भेरी नगरपालीकाका प्रमुख गनेस बहादुुर शाही,बरिष्ठ कृर्षि विकास अधिकृत कलश राम चौधरी ,नेपाली काग्रेँसका प्रतिनिधि भक्त बहादुर थापा,नेकपा एमालेका विर बहादुर बुढा,नकपा माओवादी केन्द्रका कमल बहादुर शाह्ी ,नेकपा मालेका मईन बहादुर ठकुल्ला,उधोग बाणिज्यँ सँघ डोल्पाका अध्यक्ष लालिमान बुढा लागएत अन्य व्यक्तीहरुको सहभागीता रहेको थियो । 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्