clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
यूवा संघका अध्यक्ष माथि सांघातिक आक्रमण
 
लेख बुढा
रेडियो डोल्पा एफ एम डोल्पा
कार्तिक १९,
   
    शनिवार मुड्केचला गाउपालीका साविको कालिका गाविसका यूवा सँघका अध्यक्ष रुद्रबहादुर शाही माथि सांघातिक आक्रमण भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठवन्धनको टोली प्रचारप्रसार गर्न आयोजित कार्यक्रम सकिए लगतै, माओवादी केन्द्र कालिका गाउंकमिटिका सचिव टक्कबहादुर शाहीले लुकेर पछाडीबाट दाउराको  चिर्पटले टाउकोमा हाने पछी यूवा सँघ कालिका गाउंकमीटीका अध्यक्ष रुद्रबहादुर शाही गम्भीर घाईते भएका छन् । 
   आक्रमण गर्ने नेकपा माओवादी केन्द्रका गाउंकमीटीका सचिव टक्कबहादुर शाहीलाई प्रहरीले प्रके्रको जनाईएको छ । सांघातिक आक्रमणबाट गम्भीर घाईते शाहीलाई आईतबार हेलिकप्टर द्धारा काठमान्डौ लगीएको छ । गम्भिर घाइते शाहीलाई उपचारको सम्भव नभए पछी वेहोस अवस्थामा भएकोले ७ लाख तिरेर उपचारको लागी  हेलिकप्टर द्धारा काठमान्डौमा लगिएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य लँकबहादुर रोकायाले बताउनु भयो । घटनाको रहस्य भने नखुलेको बताईएको छ । बामगठबन्धन भित्रै यस्तो रहस्यमय घटना हुनु र आफ्ना कार्यक्रता माथि हातपात गर्नु यस कार्यप्रति नेकपा एमालेका जिल्ला सदस्य लँक रोकायाले असन्तुष्टी जनाउनु भएको छ । 
   बामगठबन्धन भित्र यस्ता सानातिना झैझगडा हुने तर यस घटनाले बामगठबन्धनलाई कुनै पनी असर नपर्ने यस घटनालाई मिलायर लिने बामगठबन्धनका नेताहरु बताएका छन । शनिबार मुड्क्ेचुला गाउपालीकाको साविको कालिका गाविसमा डोल्पा जिल्लाका बामगठबन्धनका साझा उम्मेदार नकपा एमालेका तथा पुर्व सँसद धन बहादुर बुढा ,डोल्पा क्षेत्र नं २ बामगठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विर बहादुर शाही लागएतको सहभागीतामा रहको चुनावी प्रचारप्रसार कार्याक्रम सकिए लगतै अचानक यस्तो घटना भएको हाम्रा समाचारदाता सरोज थापाले जानकारी दिनु भयो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्