clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मतपत्रको अन्यौलताले स्वयम् सेवकको तालिम स्थगित
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), कात्तिक १२ –
 
   टाढाका मतदाता शिक्ष्ाँ स्वयम् सेवकहरुलाई खबर गर्न नभ्याउदै निर्वाचन आयोग नेपाल कै निर्देशनमा मंगलवार तोकिएको मतदाता शिक्षा स्वयम् सेवकहरुको तालिम स्थगित गरिएको छ । 
   मतपत्र बदर नहोस् भनेर मतदाताहरुलाई कुन कुन अवस्थामा मतपत्र बदर हुन्छ । कस्तो प्रकारले मत संकेत गर्दा राम्रो हुन्छ । बढि भन्दा बढि मत सदर गराउन मतदाताहरुलाई प्रशिक्षित गराउनका लागि मतदाताहरुको गाउंटोलमा गएर मतदाताहरुलाई सिकाउनका लागि प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्ष्ाँ स्वयम् सेवक नियुक्त गरी पतदाता शिक्षाका लागि खटाउने गरिएको मा यो निर्वाचनको दिन आउन २८ दिन मात्र बांकी रहेको अवस्थासम्म निर्वाचन आयोगले मतदाता शिक्षा स्वयम् सेवकलाई प्रशिक्षण समेत दिन सकेको छैन । 
   आगामी मंगलवार तोकिएको मतदाता शिक्षा स्वयम् सेवकहरुको तालिम प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष्ँ तर्फको मतपत्र कस्तो हुने एउटै पानामा २ वटा मतपत्र हुने की छुट्टा छुट्टै मतपत्र हुने भन्ने निर्वाचन आयोगले निर्णय लिन नसकेका कारण नमुना पतपत्रमा दुविधा भएकाले तालिम स्थगित गर्न निर्वाचन आयोग नेपालको निर्देशनमा तालिम स्थगित गर्नु परेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । 
   तालिमका लागि खबर पाउने बित्तिकै घरबाट हिडेका मतदाता शिक्षा स्वयम् सेवकहरु बिचबाटोमा भएकै अवस्थामा तालिम स्थगितको खबर पाउंदा बिचबाट फर्कनु परेको सर्मीबाट दुनै आउने क्रममा कालिका पुगिसेकी देविसरा ठकुल्लाले बताइन् । उनी जस्तै तल्लो डोल्पाका सबै मतदाता शिक्षा स्वयम् सेवकहरु बाटैबाट फर्केका छन् भने केही दुनै पुगिसकेको अवस्थामा तालिम स्थगित भए पछि दुनै आउन जान दुख मात्रै भएको बताएका छन् । 
   गत शुक्रवारसम्म निर्वाचन आयोगका प्रमुख आयुक्ति अयोधिप्रसाद यादवले प्रत्यक्ष तर्फको मतपत्र छपँई सुरु भएको र निर्वाचनमा कुनै शंका नगर्न भनेर कड्केका थिए । एकाएक शनिवार उनी सिथिल भएका छन् । शनिवार निर्वाचन आयोग नेपालका एक आयुक्तले छापिएको मतपत्र नमुना मात्र भएको र मतपत्र छपाईको काम अन्यौल बनेको बताएका थिए । 
 
   
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
सबै हेर्नुहोस्