clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा चुनावी प्रचार सुरु भयो
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), कात्तिक १० –
 
   प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका लागि तोकिएको तालिका बमोजिम उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिन्ह पाइसके पछि बाम गठबन्धन र नेपाली कांग्रेसले शुक्रवारबाट चुनावी प्रचार प्रसार कार्य सुरु गरेका छन् । 
   बाम गठबन्धन भए पछि डोल्पाको चुनावी प्रचार केही सिथिल देखिएको भए पनि बाम गठबन्धन र नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार सुरु गरेका छन् । बाम गठबन्धनका साझा उम्मेद्वारहरुले ठूलीभेरी नगरपालिकाको तालीमा रहेको मष्टा देवताको दर्शन गरी आश्रीवाद लिएर ताली गाउंमा भेला गरी शुक्रवारदेखि चुनावी प्रचार प्रसार कार्य थालेका छन् । 
   कडा प्रतिस्पर्धामा आउन नसके पनि प्रमुख प्रतिद्धन्द्धीमा आउने भनिएको नेपाली कांग्रेसले पनि बाला त्रिपुरा सुन्दरी देविको मन्दिर त्रिपुराकोटको दर्शन गरी त्रिपुराकोट बगरमा चुनावी सभा गरेर शुक्रवारबाटै आफ्नो चुनावी प्रचार प्रसार अभियान सुरु गरेको छ । 
   चुनावी प्रतिस्पर्धामा रहेका अन्य राजनीतिक दलहरुले भने चुनाव प्रचार प्रसार नथालेको बताएका छन् । उनीहरुले चुनाव प्रचार प्रसार अभियानलाई केही दिनमै थाल्ने र चुनावी अभियानलाई घरदैलोमा गएर फलदायी बनाउने जानकारी दिएका छन् । 
   मुख्य रुपमा बाम गठबन्धनका तर्फबाट साझा उम्मेद्वार प्रतिनिधि सभा सदस्यमा धनबहादुर बुढा, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नन्दसिंह बुढा र निर्वाचन क्षेत्र नं. २ मा बिरबहादुर शाही, नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा अंगदकुमार बुढा, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा वेगमसिंह ठकुरी र निर्वाचन क्षेत्र नं. २ मा सुरेशबहादुर शाही, नयां शक्ति पार्टी नेपालबाट प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा पुष्पराज बुढा, नेकपा(माले)बाट प्रतिनिधि सभा सदस्यमा हर्कबहादुर ठकुल्ला र राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा अर्जुनबहादुर शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
   शुक्रवार ठूलीभेरी नगरपालिकाको तालीबाट सुरु भएको बाम गठबन्धन(एमाले–माओवादी केन्द्र)को प्रचार प्रसार अभियान थरगाउं, दुरगाउं, माझफाल, जुफाल, सूं, ल्हां, कालिका, नर्कु, सर्मी, रिमी, काइगाउ, पाहाडा, त्रिपुराकोट, रह, दुनै, फोक्सुण्डो हुदै सदरमुकाम आएर सकिने नेकपा एमाले सचिव एवम् प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेद्वार बनेका नन्दसिंह बुढाले बताए । 
   उनले थपे प्रतिनिधि सभा सदस्यका उम्मेद्वार र सम्बन्धित प्रदेश सभा सदस्यका उम्मेद्वारको संयुक्त टोलीले चुनावी प्रचार प्रसार गर्ने छ । माथिल्लो डोल्पाका केही गाउंपालिकाहरुमा भने नेकपा एमालेको नेतृत्वमा छुट्टै प्रचार प्रसार टोली केही दिनमा परिचालन गरिने छ । 
   नेपाली कांग्रेस डोल्पाले त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा चुनावी प्रचार सभा गरेको प्रचार प्रसारको सुरुवात कता र कहिले जानेको कुनै जानकारी प्राप्त हुन सकेको छैन । सुरक्षाको प्रवन्धका लागि जिल्ला प्रशासन कार्यालयले निर्वाचन प्रचार प्रसारको कार्यतालिका मागेको भए पनि शुक्रवारसम्म कुनै पनि राजनीतिक दलले कार्यतालिका नबुझाएको सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर के.सी.ले जानकारी दिए । 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्