clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मतदातालाई मतदाता शिक्षा दिने कार्यमा ढिलाई
 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), कात्तिक ९ –
 
   प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएर उम्मेद्वारले अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिन्ह समेत प्रदान गरिसकेको अवस्था भए पनि मतपत्र बदर नहोस भनेर मतदाताहरुलाई दिइने मतदाता शिक्षा दिने काम डोल्पामा अगाडि बढ्न सकेको छैन । 
   बिहिवारबेलुकी सम्म पनि निर्वाचन आयोग नेपालले प्रत्यक्ष तर्फको मतपत्र कस्तो हुने लगायतका निर्वाचनका लागि सामग्री निश्चित भैनसकेका कारण मतदाताहरुलाई मतदाता शिक्षा दिन ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाका जिल्ला निर्वाचन अधिकृत विक्रम गिरीले बताए । 
   निर्वाचन हुने दिन ३१ दिन मात्र बांकी रहेको अवस्थासम्म पनि मतपत्र बदर हुन नदिन मतदाताहरुलाई मतदाता शिक्षा दिनुपर्नेमा ढिलाई भएको प्रति लक्षित गर्दै डोल्पाका राजनीतिक दलहरु निर्वाचन कार्यालयले कहिले मतदाता शिक्षा दिन्छ भन्दै मतदाता शिक्षा नपाए यो पटक मतपत्र बढि बदर हुनेहुन्की भन्ने चिन्ता बढेको एमालेबाट प्रदेश सभा सदस्य उम्मेद्वार नन्दसिंह बुढाले बताए । 
   मतदातालाई मतदाता शिक्षा दिनका लागि गाउंगाउंमा खटिने मतदाता शिक्षा स्वयम् सेवकहरुको बिहिवार छनोटको कसरत भैरहेको जिल्ला निर्वाचन अधिकृत गिरीले बताए । आगामी मंगलवार भित्र मतदाता स्वयम् सेवकहरु र निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई प्रशिक्षण दिई आगामी बिहिवार भित्र सबैलाई मतदाता शिक्षाका लागि गाउं पठाई सक्ने योजना रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । 
   विभिन्न प्राविधिक कठिनाईका कारण मतदाता शिक्षाका आवश्यक सामग्रीहरु छपाई समेत नभएका कारण पनि मतदाता शिक्षा दिनका लागि कठिनाई उत्पन्न भएकाले मतदाता शिक्षा दिनमा ढिलाई हुदै गएको हो । मतदाता शिक्षा दिन एक हप्ताको समय पनि नहुने भएको छ । 
   ठुलो भूगोल भएको डोल्पामा आउन जान समेत धेरै दिन लाग्ने, कठिन हुने, विभिन्न प्राविधिक कठिनाई रहेकाले मतदाता शिक्षा दिन धेरै ढिला भैसकेको राजनीतिक दलहरुले बताएका छन् । राजनीतिक दलहरुका अनुसार यतिवेला मतदाता शिक्षा स्वयम् सेवकहरु गाउंगाउं पुगिसक्नु पथ्र्यो अनिमात्र प्रत्येक गाउंबस्तिमा मतदाता शिक्षा पर्याप्त र सजिलै दिन सकिन्थ्यो । 
   
 
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्