clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
हाम्रो बारेमा

हामीले डोल्पा जिल्लामा विधुतिय सञ्चार माध्यम एफएम स्थापनाका लागि ठुलो संघर्ष गरेका छौं ।
सामुदायिक एफएम स्थापना गर्नका लागि नाफा रहित गैरसरकारी संस्था दर्ता गर्नु जरुरी रहेछ । त्यस कारण जिल्लाका हामी केही व्यक्तिहरु मिलेर जिल्लामा मिडिया क्षेत्रको विकास गर्ने र त्यस मध्ये स्थानीय एफएम स्थापना गर्ने पहिलो उद्देश्य राखेर २०६४ सालमा सूचना, सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) नामक संस्था जिल्ला प्रशासन कार्यालय डोल्पामा दर्ता गर्यौ ।
आर्थिक तथा विभिन्न प्राविधिक कारणले भरमग्दुर प्रयास गर्दागर्दै पनि एफएम स्थापना गर्न सकिएन तर यस संस्थाले जिल्लामा पत्रकारिताको माध्यमबाट जिल्लाको सर्वाङ्गीण विकासमा सहयोग गर्न पत्रकारिता क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालय, जिल्ला विकास समितिको स्थानीय साझेदारी कार्यक्रमको आर्थिक सहयोगमा वर्षेनी २० भन्दा बढि युवा युवतीहरुलाई आधारभुत पत्रकारिता तालिम दिदै आएको छ ।
यसै क्रममा गाविस जिविस र अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग एफएम स्थापनाको लागि सहयोगको लागि अनुरोध गरी आइसनेट स्थापनाकालदेखि प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन । यसै क्रममा एक्काइसौं सताप्दिमा पनि डोल्पामा एउटा पनि एफएम स्थापना हुन नसकेको अवस्थामा नेपाल पत्रकार महासंघ डोल्पा, किर्डाक नेपालको आर्थिक सहयोग र ३२ जनाले प्रति व्यक्ति ३० हजारका दरले स्थापना कोष संकलन गरी एफएमका उपकरण खरिद गरेर २०६८ माघ ३ गते सूचना, सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) दुनै १, डोल्पाले रेडियो डोल्पा एफएमको नाममा स्थानीय एफएम अन इयर गरेको हो । रेडियो उपकरण जडान गरी रेडियो सञ्चालन गर्न सम्पूर्ण प्राविधिक सहयोग सामुदायिक रेडियो प्रशारक संघले उपलब्ध गराएको थियो । यस रेडियो डोल्पा एफएम ले सूचना तथा सञ्चार मन्त्रालयबाट २०६८ चैत्र १५ गतेदेखि नियमित प्रशारणको प्रमाणपत्र समेत प्रप्त गरिसकेको छ ।
रेडियो डोल्पा एफएम १०१.४ मेगाहर्ज स्थापना गर्ने संस्था सूचना, सञ्चार तथा शिक्षा सञ्जाल(आइसनेट) को कार्यसमितिका पदाधिकारीहरु ।
१) अध्यक्ष ः विष्णुलाल बुढा
२) उपाध्यक्ष ः रोशन हमाल
३) सचिव ः शेरबहादुर बुढा
४) सहसचिव ः हस्तबहादुर बुढा
५) कोषाध्यक्ष ः हरिप्रसाद डाँगी
६)  सदस्य ः लालिमान बुढा
७)  सदस्य ः पाषाङ् बुढा
८)  सदस्य ः रामकुमार नेपाली
९)  सदस्य ः प्रेमा बस्नेत
१०) सदस्य ः मंगली रोकाया
११)  सदस्य ः बविकिशोर गुरुङ्

आइसनेटले रेडियोलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आफू अन्तर्गत रहने गरी छुट्टै सञ्चालक समिति गठन गरेको छ । रेडियो डोल्पा एफएम सञ्चालक समितिका पदाधिकारीहरुको विवरण ।
१) संयोजक ः विष्णुलाल बुढा
२) सदस्य ः रविन्द्र शाही
३) सदस्य ः सुरेन्द्र ढकाल
४) सदस्य ः बविकिशोर गुरुङ्
५) सदस्य ः शेरबहादुर बुढा
६) सदस्य ः नविन शाही
७) सदस्य सचिव ः हस्तबहादुर बुढा (स्टेशन मेनेजर)

रेडियो डोल्पाको आर्थिक क्रियाकलापलाई चुस्तदुरुस्त तथा पारदर्शि बनाउनका लागि लेखा समिति पनि गठन गरेको छ । लेखा समितिका पदाधिकारीको विवरण
१) संयोजक ः बविकिशोर गुरुङ्
२) सदस्य ः हरिदत्त न्यौपाने
३) सदस्य ः लोकचन्द्र रोकाया
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्